विराटनगर । राजनीतिमा कहिलेकाहीँ यस्ता दृश्य देखिन्छन्, जुन कुनै फिल्मी पटकथाभन्दा कम हुँदैनन् । आउँदो निर्वाचनका लागि उम्मेदवार चयनको रस्साकस्सी चलिरहँदा विराटनगरमा मंगलबार यस्तै एउटा ‘हाइ–भोल्टेज ड्रामा’ देखियो, जहाँ मुख्यमन्त्रीको निम्तोमा आएका सभामुख दिनभरि एउटा राजीनामा कुरेर बसे, तर त्यो राजीनामा नै आएन । मुख्यमन्त्री हिकमत कार्कीले कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टलाई फोन गरेर हतार–हतार कार्यालय आउन आग्रह गरे । झापास्थित आफ्नै घरमा रहेका विष्टलाई मुख्यमन्त्रीले दिएको सूचना थियो—...