आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा तीन महिलासहित २७ जनाको उम्मेदवारी दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर २ को तथा सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर १ को उम्मेदवारी दर्ता भएको हो । इलाम क्षेत्र नम्बर १ मा दुई महिलासहित १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजीमान कागते, नेपाली कांग्रेसका निश्कल राई र नेप...