काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को चुनावी कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । एन्फा निर्वाचन समितिको हिजो बसेको बैठकले तत्कालका लागि एन्फाको चुनावी कार्यक्रम स्थगित गरिएको जानकारी एन्फालाई गराएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । एन्फाको यही माघ २८ गतेका लागि तोकिएको चुनाव उच्च अदालत पाटनले माघ ४ गते प्रक्रियालाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । यसबारे माघ ६ मा निर्वाचन समितिलाई पत्र प्राप्त भएकोले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको...