काठमाण्डौ – पूर्व प्रधानमन्त्रीहरुमध्ये कांग्रेसका शेरबहादुर देउवा र नेकपाका झलनाथ खनाल फागुन २१ को चुनावबाट पछि हटेका छन् । एमालेका केपी शर्मा ओली र नेकपाका पुष्पकमल दाहाल प्रचण्ड भने फेरि प्रधानमन्त्री बन्ने दावीका साथ चुनावी प्रतिष्पर्धामा होमिएका छन् । अरू दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि उम्मेदवारी दिएका छन् । तर उनीहरुले भने भावी प्रधानमन्त्रीको दाबी गरेका छैनन् । फेरि चुनावी दौडमा खुट्टा उचालेका सबै पूर्वप्रधानमन्त्रीहरुको प्रतिष्पर्धा रोचक हुने भएको छ । फागुन २१ को चुनावमा सबैक...