२०७९ भन्दा महँगो निर्वाचन: तीन निकायलाई यसपालि १९ अर्ब बजेट, कसलाई कति ?

आगामी प्रतिनिधि सभा चुनावका लागि सरकारले १९ अर्ब ११ करोड रुपैयाँ बजेट प्रदान गरेको छ । अर्थ मन्त्रालयले निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई १९ अर्ब ११ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको हो ।  अर्थले गृहलाई १० अर्ब ३९ करोड, निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड र रक्षा मन्त्रालयलाई १ अर्ब ९९ रुपैयाँ बराबरको स्रोत सहमति दिएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । हालसम्म तीन निकायलाई आवश्यक बजेटका लागि स्रोत सहमति दिइसकेको उनको भनाइ छ । ‘तीनै निकायलाई विभिन्न चरणमा छलफल गरी आवश्यक बज...