७ माघ, गुल्मी । गुल्मी जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी धेरै परेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४३ जना उम्मेदवारमध्ये २० जना विभिन्न दलबाट र २३ जना स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन् । निर्वाचन क्षेत्र नम्बर–१ मा कुल २१ जना उम्मेदवारमध्ये ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् […]