मनोनयन दर्ताकै दिन अदालती झमेलामा रवि लामिछाने, कांग्रेसको विवादमा ६ प्रश्न

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मंगलबार भएको मनोनयन दर्ताका क्रममा यो संख्यामा मनोनयन दर्ता भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।  कुल उम्मेदवारमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र १ जना अन्य समूहका छन् । राजनीतिक दलको तर्फबाट २ हजार ...