चीनले दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ । हैनानमा रहेको व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो । यसअघि ६ दिनअघि त्यही ठाउँबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो । चीनको १५औँ पञ्चवर्षीय ...