काठमाण्डौ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरबाट तीन हजार ४ सय भन्दा धेरैले उम्मेदवारी दिएका छन् । यसैक्रममा ६ जना पूर्व अर्थमन्त्री र एक पूर्व अर्थराज्यमन्त्री पनि रहेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बन्नुभएका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, विगतमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद ...