काठमाण्डौ – आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ । यो दिवसको माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षणको प्रयास गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बहुभाषिक देश नेपालमा २०७८ को जनगणना अनुसार एक सय २४ भन्दा धेरै मातृभाषाहरू बोलिन्छन् । राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्ता...