गगनको क्षेत्र बलरा नगरपालिकाका पूर्वमेयर सिंह कांग्रेस प्रवेश

सर्लाहीको बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतासमेत रहेका सिंहलाई गएराति कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् । पूर्वमेयर अभयलाई कांग्रेसमा स्वागत कार्यक्रममा गएराति केन्द्रीय सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायत नेताहरू समेतको उपस्थिति थियो । सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।  ...