हिमपातले मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ – प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको छ । भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको उहाँको भनाइ छ । मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ । नार्पाभूमिमा वडा १ देखि ३ सम्म नार क्षेत्रमा ३, वडा ४ र ५ को फू क्षेत्रमा दुई गरी ५ वटा मतदान केन्द्र छन् । तर आउजाउ गर्न समस्या भएपछि अस्थायी र...