दाङमा एमालेको झण्डा जलाउने थप दुई जना पक्राउ

दाङमा नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको घटनामा संलग्न थप दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका– ४ हलवार निवासी ३० वर्षीय रमेश रानामगर र तुलसीपुर उपमहानगरपालिका– ६ गाइडर निवासी २४ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  कार्यालयका अनुसार ७ फागुनको राति भएको उक्त घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा थप दुई जनालाई नियन्त्रणमा लिइएको हो । यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धिबहादुर बस्नेत पक्राउ ...