भारतमा भएको कृत्तिम बौद्धिकता अर्थात् एआई शिखर सम्मेलनकेन्द्रित घोषणापत्र आज सार्वजनिक गरिँदैछ । शिखर सम्मेलनमा दर्जनौँ राष्ट्रिय प्रतिनिधिमण्डलले अपेक्षा गरेभन्दा एक दिन ढिलो गरी विश्वले प्रविधिलाई कसरी चलाउनुपर्छ भन्ने विषयमा आफ्नो वक्तव्य जारी गर्न लागिएको सम्मेलन आयोजक भारतले जनाएको छ । भारतका प्रविधिमन्त्री अश्विनी वैष्णवले नयाँदिल्लीमा ‘एआई इम्प्याक्ट समिट’ मा हिजो पत्रकारसँग घोषणापत्रमा व्यापक सहमति जुटेको र अझै थप सहमतिका लागि प्रयास भइरहेको बताउनुभयो । अहिलेसम्म ७० भन्दा धेरै देशका हस्ताक्षरकर्ताले सहमति दिएका छ...