काठमाण्डौ – दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ परेका छन् । गएराति तुलसीपुर उपमहानगरपालिका–६ का २४ वर्षीय बिक्रम परियार र तुलसीपुर–४ का ३० वर्षीय रमेश राना मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसअघि हिजो तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । तुलसीपुरको वीरेन्द्रचोकका केही व्यक्तिले आफ्नो पार्टीको झण्डा जलाएका एमालेले बताउँदै आएको छ । एमालेका कार्यकर्ताले हिजो बेलुका दाङको तुलसीपुरसहित देशका विभ...