दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यू

रौतहटको सदरमुकाम गौर नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ । अर्फ्यू अवधिभर भेला, सभा, जुलुश र प्रदर्शन गर्न नप...