साहित्यकार नारायण ढकालको छैटौं उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो । लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए । किशोर उमेरमै जासुसी उपन्यास लेखेर प्रकाशकलाई बुझाएको तर नछापिएको कथा सुनाउँदै ढकालले आफ्नो पठन यात्राका प्रारम्भिक दिन स्मरण गरे, ‘त्यसपछि मैले संसारका प्र...