काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । वडा नम्बर ६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यू आदेश जारी गर्नुभएको हो । दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यू अर्को आदेश जारी नभएसम्म कायम रहने सूचना भनिएको छ । प्रजिअ भुसालका अनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ । हिजो बिहानदेखि रौतहटकाे गौर क्...