शैलसुते वेद, पुराण तथा रामायण, महाभारत आदिमा आधारित भएर लेखिएको उपन्यास हो । खासगरी उपन्यासले माता पार्वतीको धराधाम अवतरणको उद्देश्य र आवश्यकतालाई वर्ण्य विषय बनाएको छ । माता पार्वती शैलसुतेको रूपमा धरामा किन अवतरण भइन् र के–के गरिन् भन्ने विषय नै उपन्यासको मूल भित्ती हो । यसबाहेक जेजति विषय तानिएका छन् सबै त्यसैको आधारभूमि तयार पार्न खडा भएका हुन् । उपन्यासले वैदिक सनातन धर्मसंस्कृतिका विषयलाई विज्ञानको आलोकमा हेर्ने प्रयासमात्र गरेको छैन, अपितु प्रसङ्गअनुसार गीता तथा साङ्ख्य र वेदान्त दर्शनका गहन पक्षलाई समेत समेट्ने...