काठमाण्डाै – जय ट्रफी एलिट कप अन्तर्गतको दुईदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुआत गरेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा आर्मीले साविक विजेता नेपाल पुलिस क्लबलाई ९ विकेटले हरायो । पुलिसले दिएको ४२ रनको लक्ष्य आर्मीले १ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्लले २४ बलमा नटआउट ४२ रन बनाए । पुलिसका ललित राजवंशीले १ विकेट लिए । दोस्रो पारीमा पुलिस ८८ रनमा अलआउट भएको थियो । पुलिसका कुशल भुर्तेलले ४८ रन बनाए । आर्मीका बसिर अहमदले ४, कुशल मल्लल...