नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव भाँड्न खोजेको टिप्पणी गरेका छन् । शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले पछिल्ला केही दिन यता देखिएका गतिविधिले रास्वपाले चुनाव भाँड्न खोजेको जस्तो अनुमान गर्न सकिने बताए । ‘यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने लड्ने, आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, पक्षमा नतिजा आउँदैन भने चुनाव हुन नदिने खालको प्रवृत्तिमा देखिन्छ’, ओलीले भने । उनले चुनाव बलजफ्ती गर्ने विषय नभएको बताए...