काठमाण्डाै – जावलाखेल युथ क्लबलाई हराउँदै आयोजक सहारा क्लबले पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनलमा सहाराले जावलाखेललाई २–० गोलले हरायो । सहाराका मुकुन्दकुमार निउरे र ते डिनियल बडारुले गोल गरे । योसँगै विजेता बनेको सहाराले १४ लाख र उपविजेता बनेको जावलाखेलले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । सहाराले १२ वर्षपछि पोखरा गोल्डकपको उपाधि जितेको हो । यसअघि २०७० सालको १२औँ संस्करणको फाइनलमा सहाराले मनाङलाई हराएको थियो । सहाराले पहिलो सेमिफाइनलमा मनाङ मस्र्...