सडक निर्माणमा बाधक ४१ कानूनलाई सुधार्ने हो, ठेकेदारलाई रुखमा बाँध्ने होइन- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सडक निर्माणमा कम्तीमा ४१ वटा कानून बाधक रहेको बताएका छन् ।  उनले सडक समयमा किन बन्दैन भनेर आफूले लामो समय अनुसन्धान गर्दा कम्तीमा पनि ४१ वटा कानूनले अवरोध सिर्जना गर्दोरहेछ भन्ने निष्कर्षमा पुगेको बताए । गगनले आफूले अहिले नभएर धेरै पहिलेदेखि नेपाली कांग्रेसमा ‘पूर्वाधार मीमांसा’ भन्ने कार्यक्रम चलाइरहेको पनि बताए । उनले समयमै र गुणस्तरीय सडक निर्माणका लागि कानूनमा आवश्यक सुधार गर्नुपर्ने बताए । तर निर्माण व्यवसायीलाई रुखमा लगेर बाँधिदिन्छु, काम गरेन भ...