सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरू अहिले चुनावी घरदैलोमा व्यस्त छन् । यहाँ उम्मेदवार धेरै भए पनि मुख्यत: नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच हुने देखिन्छ । पञ्चायतकालमा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीका रूपमा पाइसकेको बैतडीमा एक मात्र निर्वाचन क्षेत्र छ । त्यसैले राप्रपाको पनि यो क्षेत्र पकड भित्रै पर्छ । यद्यपि राप्रपा चुनाव जित्ने दौडमा छैन । उसको मतले अन्य दलको नतिजा प्रभाव पार्न सक्छ । राप्रपा...