चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता

काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधिसभा चुनावको वातावरण बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख तथा निर्वाचन प्रचार समितिका संयोजक मीनबहादुर शाहीले सरकारले भरपर्दो शान्ति–सुरक्षाको वातावरण बनाउन नसकेको बताउनुभयो । शाहीले चुनाव नजिकिँदै जाँदा देशमा भय र त्रासको वातावरण बढ्दै गएको भन्दै रौतहटको गौरमा जारी अनिश्चितकालीन कर्फ्यूले आममतदातामा थप त्रास सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँले निर्भीक ढङ्गले मतदान गर्ने अधिक...