राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले हुन लागेको निर्वाचनले मुलुकको निकास दिन नसक्ने बताएका छन् । २०८४ मा हुने चुनाव ०८२ मा गर्दैमा देशका समस्याको समाधान नहुने अध्यक्ष लिङ्देनले दाबी गरे । राप्रपाका रुपन्देही क्षेत्र नम्बर–१ का उम्मेदवार प्रज्ज्वल बोहोराको चुनावी कार्यक्रमलाई शनिबार देवदहमा सम्बोधन गर्दै लिङ्देनले देश चुनावतर्फ अघि बढेपछि प्रजातान्त्रिक पार्टी हुनुको नाताले चुनावलाई स्वीकार गरेको बताए । उनले आफूहरू प्रजातान्त्रिक मूल्य अनुसार जनताकोमा आएको बताउँदै सबै राजनीतिक शक्ति...