विश्व शिखर सम्मेलनद्वारा ‘सुरक्षित, विश्वसनीय र शक्तिशाली एआई’ का लागि आह्वान

संयुक्त राज्य अमेरिका र चीनसहित दर्जनौँ देशहरूले नयाँ दिल्लीमा प्रविधिसम्बन्धी प्रमुख शिखर सम्मेलनपछि शनिबार जारी गरिएको घोषणामा ‘सुरक्षित, विश्वसनीय र शक्तिशाली’ कृत्रिम बौद्धिकता (एआई) का लागि आह्वान गरेका छन्। शनिबार सार्वजनिक ८६ देशहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा द्रुत गतिमा विकास भइरहेको प्रविधिलाई नियमन गर्ने ठोस प्रतिबद्धताहरू समावेश गरिएको छैन, बरु धेरै स्वैच्छिक, गैर–बाध्यकारी पहलहरूलाई प्रकाश पारिएको छ। पाँच दिने ‘एआई इम्प्याक्ट समिट’ पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “...