प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा पर्सा धोवनी गाउँपालिका–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका–१ का २९ वर्षीय निरोज पुडासैनी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनले भने, “प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम १८ मिलिग्रामसहित पक्...