पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको घोषणापत्रलाई प्रत्येक वडा तहसम्म पुर्याउनुपर्ने बताएका छन् । बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिद्वारा आज आयोजित चुनावी प्रतिबद्धता अन्तर संवाद कार्यक्रममा उनले पार्टीले उठाउँदै आएको सुशासन, आत्मनिर्भर अर्थतन्त्र, रोजगारीका विषयमा राजनीतिक कार्यक्रम तथा प्रतिबद्धता जनतालाई राम्रोसँग बुझाउन सक्नुपर्ने बताएका छन् । मुलुकमा विद्यमान सबै प्रकारका सङ्कट समाधान गर्न नेपाली कम्युनिष्ट पार्टी सक्षम रहेको उल्लेख...