दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता : पुरुषतर्फको उपाधि सुदूरपश्चिमलाई

९ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि शनिबार जितेको छ । नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लडलाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले । सुदूरपश्चिमले १२ तथा गण्डकी प्रदेशले ९ अंक जोडे । कोशी प्रदेश ६ अंकसाथ तेस्रो भयो । […]