तेहरानमा इरानी विद्यार्थीद्वारा पुनः सरकार विरोधी प्रदर्शन

इरानी विद्यार्थीहरूले हालैको प्रदर्शनको श्रृङ्खलामा मारिएका व्यक्तिहरूको पक्षमा गरिएको प्रदर्शनमा सरकार विरोधी नारा लगाएका छन् । विदेशबाट चल्ने र स्थानीय इरानी मिडियाले शनिबार भनेका छन्, “जब इस्लामिक धर्मगुरू नेतृत्वको विरोध गर्ने इरानी समूह र सरकारको समर्थनमा आवाज उठाइरहेका अन्य समूहबीच आमनेसामने भएपछि प्रदर्शनमा उत्रिएका इरानी विद्यार्थीले सरकारको विरोधमा नारा लगाएका छन्।” एएफपीले तेहरानको शीर्ष इन्जिनियरिङ विश्वविद्यालयमा खिचेको बताएको भिडियोमा भीडमा झगडा भएको देखिन्छ र मानिसहरूले फारसी भाषामा ‘बी...