काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ । गएराति श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा वर्षाका कारण खेल हुन सकेन । योसँगै पाकिस्तान र न्युजिल्यान्ड दुवैले १–१ अङ्क बाँडेका छन् । प्रतियोगितामा वर्षाका कारण दोस्रो पटक खेल रद्द भएको हो । यसअघि समूह चरणमा जिम्बावे र आयरल्यान्डबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान समूह ‘ए’ बाट र न्युजिल्यान्ड समूह ‘डी’ बाट उ...