काठमाण्डाै – सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपले सम्पन्न गर्न चुनावी सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने भएको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवम् गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा हिजाे गृह मन्त्रालयमा बसेको बैठकले विद्यमान सुरक्षा अवस्थाबारे समीक्षा गर्दै चुनावी सुरक्षालाई मजबुद बनाउने निर्णय गरेको हो । बैठकमा चुनावकाे सुरक्षा तयारी र व्यवस्थापनका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । उहाँका ...