पूर्वभारतीय क्रिकेटर शिखर धवनले आफ्नी प्रेमिका सोफी शाइनसँग विवाह गरेका छन् । स्पिनर युजवेन्द्र चहलले शनिबार एउटा भिडियो पोस्ट गरे, जसमा उनीहरूलाई नाचिरहेको देखाइएको छ। चहलले केही तस्वीरहरू पनि पोस्ट गरेका छन्, जसमा धवन र उनकी श्रीमती सोफी शाइनलाई स्टेजमा देखाइएको छ। ४० वर्षीय पूर्व भारतीय ओपनरले एक महिनाअघि, जनवरी १२ मा आफ्नी आयरिश प्रेमिकासँग इन्गेजमेन्ट गरेका थिए । दुवै केही समयदेखि सम्बन्धमा थिए र मे २०२५ मा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । धवनले यसअघि २०२३ मा आफ्नी पहिलो श्रीमती आयशा मुखर्जीसँग सम्बन्ध विच्छेद...