पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ दिन बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्ड पुग्दैछन् । अहिले ध्रुवकुण्डदेखि मडैसम्मै यात्रीको अटुट पङ्क्ति देखिँदो छ । आज मध्याह्नअघि सबै यात्री ध्रुवकुण्ड आइपुग्ने छन् । ध्रुवकुण्ड अघि सत्ययुगमा राजा उत्तानापादका छोरा राजकुमार ध्रुवले कठोर तपस्या गरेका ठाउँ मानिन्छ । हिन्दू धर्मग्रन्थहरूले ध्रुवलाई भगवान् विष्णुका २४ अवतारमध्ये एक मानिदा...