‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा चुनावपछि साधारण तारेख तोकिनु व्यवहारिक रूपमा अर्थहीन रहेको बताएका छन् । सर्वोच्च अदालतले यो मुद्दामा यही फागुन २२ गतेका लागि साधारण तारेख तोकेपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् । प्रतिनिधिसभाको निर्वाचन यही फागुन २१ गतेका लागि तोकिएको छ । शनिबार काठमाडौंबाट झापा फर्किएका ओलीले भद्रपुर विमानस्थलमा...