नेपालको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण

काठमाण्डाै – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । पछिल्लो प्रदर्शनपछिको आर्थिक अनिश्चितता, लगानीको वातावरण कमजोर हुनुले वृद्धिदर घटेको आईएमएफले निष्कर्ष निकालेको छ । यसअघि आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएकोप्रति सचेत गराएको छ । आईएमएफका अनुसार गएको जनवरीसम्ममा बैंक तथा वित्तीय संस्थाहर...