अमेरिकाले कसरी भत्कायो लोकतान्त्रिक रक्षाकवच र विश्वलाई दियो ट्रम्प ?

सन् १७८७ मा अलेक्जेन्डर ह्यामिल्टनले भनेका थिए, ‘इतिहासको सिकाइ के हो भने, व्यवस्था सिध्याउने मानिसहरू सुरुमा जनताको चाकडी गर्न आइपुग्छन्। उनीहरू सुरुमा जनतालाई उचालेर लोकप्रिय (पपुलिस्ट) नेता बन्छन्, तर पछि गएर निरङ्कुश तानाशाह बनेर निस्कन्छन्।’ अर्को शब्दमा भन्नुपर्दा, तानाशाहहरू सधैँ सेनाको फौज लिएर मात्रै आउँदैनन्। जब उनीहरू टेलिभिजन स्टेसनहरू कब्जा गर्छन्, उनीहरूले त्यहाँ सेना होइन, […]