दलहरूका घोषणापत्र : ठूलो सपनाअघि सानो समाधानको खाँचो (भिडियाे)

दलहरूका घोषणापत्रमा पाँच वर्षपछि देश कता पुग्छ भन्ने रङ्गीन चित्रहरू कोरिएका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, सार्वजनिक सेवामा सुधार, समृद्ध देश र सुखी नेपाली, आर्थिक क्रान्ति, अर्थतन्त्रमा सुधार, आकर्षक रोजगारी र कमाइ । सुन्दा लाग्छ, चुनावकै भोलिपल्टदेखि देशमा कायापलट हुँदैछ । तर नागरिकलाई पछि मिल्ने सुख र समृद्धि होइन, अहिल्यै राहत चाहिएको छ ।