ब्राजिल र भारतले महत्त्वपूर्ण खनिज पदार्थको सम्झौता हस्ताक्षर गरेका छन् । भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका समाचार संस्था अलजजीराले जनाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले हिजो नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर व्यापार र लगानीका अवसरहरू बढाउनेबारेमा छलफल गर्नुभएको खबरमा उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले महत्त्वपूर्ण खनिज सम्झौतालाई लचिलो आपूर्ति शृङ्खला निर्माण गर्ने दिशामा एक प्रमुख कदम भन...