गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्तामा तीन पटक मात्र उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले बिहीवार हुँदै आएको हवाई उडान हटाएको हो । यसअघि हप्तामा आइतवार, मङ्गलवार, बिहीवार र शनिवार गरी चार पटक उडान हुँदै आएको थियो । उडान तालिका परिवर्तनपछि अब आइतवार, मङ्गलवार र शनिवार गरी हप्तामा तीन पटक मात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ । नेपाल वायु सेवा निगमका अहिले तीन वटा मात्र ट्विनअटर जहाज रहेको र ती जहाजहरू समयसमयमा मर्मत ...