प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा सरकारले देशभर शान्ति–सुरक्षा सुदृढ बनाउन एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरेकाे छ । त्यही बमोजिम सबै जिल्लामा सुरक्षा योजना कार्यान्वयन भइरहेको छ । चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्ने लक्ष्यसहित सुरक्षा संयन्त्र परिचालन गरिएको हो । सरकारले चार वटै सुरक्षा निकाय–नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई आ–आफ्नो जिम्मेवारीअनुसार परिचालन गरेको छ । यी निकायबीच स्पष्ट कार्यविभाजन, सूचना आदानप्रदान र स...