दैलेख-२ मा देखिएको फरक दृष्य : प्रत्यक्षमा पुरानैको दबदबा, समानुपातिकमा मत 'स्विङ' हुने संकेत

दैलेखको भैरवी गाउँपालिका–१ मा पर्छ खोली बजार। जिल्ला सदरमुकामबाट हुलाकी राजमार्ग हुँदै अघि बढ्दा यो स्थान पुगिन्छ। दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा यो २ नम्बर क्षेत्रमा पर्छ। नामको पछाडि बजार जोडिए पनि ३–४ घरभन्दा बढी पक्की घर छैनन्। लोकान्तर टिम त्यहाँ पुग्दा सर्वराज महतारा केही मानिसहरूसँग संवादमा व्यस्त थिए। उनीहरूबीच चुनावी बहस भइरहेको थियो। अनि महताराले आफ्नो परिचय खुलाए र भने– ‘म एमाले कार्यकर्ता हुँ।’ शिक्षण पेसाबाट राजनीतिमा आएका उनी नेकपा (एमाले) कर्णाली प्रदेश सदस्य रहेछन्। ...