काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । सुनकाे भाउ बढेर तोलाको ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ ...