आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो । यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ बजेपछि मदिर बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारूले जानकारी दिए । मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसार नियमनका लागि बिक्री वितरणमा र उपभोगलाई व्यवस्थित गर्न व्यवसायीहरूसँग छलफलपछि क...