साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार ६०० रूपैयाँले बढेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा ३ लाख ४ हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर आज ३ लाख १० हजार ३०० रूपैयाँ पुगेको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३७५ रूपैयाँले बढ्दै ५ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।