देशैभरि चुनावको ज्वरो फैलिएको छ । नाप्दा १०० डिग्री नपुग्ला, तर भाषण सुन्दा २०० डिग्रीभन्दा तातो छ । सामान्य दिनमा ग्यास सकियो, चामल महँगो भयो, जागिर छैन भनेर दुःखी हुने नागरिक अहिले मुस्कुराउँदै छन् । मुस्कान ल्याउने रंगीबिरंगी कागजको नाम हो चुनाव घोषणापत्र, वाचापत्र वा प्रतिज्ञापत्र । घोषणा, वाचा प्रतिज्ञा जे भने पनि यस्तो अचुक बुटी हो त्यो जसले हरेक रोग ठीक पार्छ । बाल, वृद्ध, युवा, महिला तथा तन्नेरीका मात्र हैन, गाउँ, शहर, प्रदेश र देशका हरेक समस्याको समाधान तिनै घोषणापत्रमा छ । नपत्याए हेर्नुस् त ! शिक्ष...