जेनजी आन्दोलनले स्थापित गरेका शिवशंकर यादवले सिराहामा ल्याइरहेको जागरण

सिरहाको धनगढीमाई नगरपालिका-११ नैनपुरकी ललिता यादव शनिबार घरबाहिर गोबरको गुइँठा बनाउन व्यस्त थिइन् । त्यहीँ नजिकैबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी घरदैलो अभियान अगाडि बढ्यो । उनले हात हल्लाएर समर्थन गरिन् । यो क्षेत्र सिरहा क्षेत्र नम्बर २ अन्तर्गत पर्छ । ​ ललिताले आफू र गाउँका अधिकांश महिला दिदीबहिनीबीच यसपटक नयाँ पार्टीलाई भोट दिने सल्लाह रहेको बताइन् । ‘मलाई शुरूदेखि मन छ घण्टीमा भोट हाल्ने, नयाँलाई चुनाव जिताएपछि राम्रो गर्नुहुन्छ भन्ने आश छ’, यादवले भनिन्, ‘यहाँ हामीले भोट दिएपछि...