काठमाण्डाै – राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुँदैछ । मोफसलको प्रतियोगिताका कारण रोकिएको राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुन लागेको हो । आजको पहिलो खेलमा अहिले सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा एपीएफ एफसी र नव जन जागृति खेल्दैछन् । अङ्क तालिकामा एपीएफ तेस्रो र नव जन जागृति पुछारमा छ । यस्तै दिउँसो ४ बजे एन्फा कम्प्लेक्समै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी खेल्दैछन् । अङ्क तालिकामा एनआरटी चौथो र मनाङ आठौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए&...