इरानमा विद्यार्थीहरूले सरकारी दमनयता पहिलो पटक ठूलो प्रदर्शन गरे

इरानका कैयौँ विश्वविद्यालयमा विद्यार्थीहरूले सरकार विरोधी प्रदर्शन गरेका छन् । गएको महिनाको घातक सरकारी दमनयता विद्यार्थीहरूले पहिलो पटक ठूलो प्रदर्शन गरेका बीबीसीले जनाएको छ । इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित युद्धका लागि तयारी गरिरहेका बेला यी प्रदर्शन भएका हुन् । गएको जनावरीमा सरकार विरोधी प्रदर्शनहरूका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीहरूको सम्झनामा विद्यार्थीहरूले प्रदर्शन गरेका खबरमा उल्लेख छ । यसैबीच अमेरिकाले इरान नजिक सैनिक उपस्थिति बढाउँदै लगेको छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारबाहीबारे ...